Lia लाई भेट्नुहोस्
आफ्नो करिअरको अर्को चरणमा के चाहनुहुन्छ, उनलाई बताउनुहोस्
सिफारिस पाउनुहोस्
तपाईंले भनेअनुसारका अवसर उनले तपाईंलाई पठाउनेछिन्
परिचय पाउनुहोस्
उनले उत्कृष्ट प्रविधि कम्पनीका निर्णयकर्ताहरूसँग तपाईंको सिधै परिचय गराउनेछिन्
हाम्रा सीईओको कुरा सुन्नुहोस्
बारम्बार सोधिने प्रश्नहरू
के यो मेरो लागि हो?
तपाईं अमेरिकाको प्रविधि क्षेत्रमा हुनुहुन्छ भने, अनुभव जति वर्षको भए पनि यो तपाईंका लागि हो। Lia को विशेष ध्यान कम्पनीका पदहरूमा छ – इन्जिनियरिङ, उत्पादन, बिक्री, मार्केटिङ, वित्त, मानव संसाधन, डिजाइन, कानुन आदि।
यो कसरी काम गर्छ?
तपाईंले दर्ता गरेपछि Lia ले तपाईंको रुचिअनुसारका पदहरू खोजेर इमेलमा पठाउन थाल्छिन्। उनको इमेलमा दुई बटन देख्नुहुनेछ: हो र होइन। हो मा क्लिक गर्नुहोस्, ताकि Lia ले पदका लागि निर्णय गर्ने व्यक्तिसँग कुरा गरेर तपाईंहरूबीच कुराकानी तय गर्ने प्रयास गर्न सकून्। वा होइन मा क्लिक गरेर प्रतिक्रिया दिनुहोस् – अरू मानिसजस्तै Lia ले पनि प्रतिक्रियाबाट सिक्छिन् र अर्को पटक अझ राम्रो सिफारिस खोज्न त्यसलाई प्रयोग गर्छिन्।
तपाईं आफ्नो पोर्टलमा Lia को सञ्जालका सबै पदहरू हेर्न र ती पदका निर्णयकर्ताहरूसमक्ष तपाईंलाई सिफारिस गर्न उनलाई भन्न पनि सक्नुहुन्छ। तपाईंले पदका आवश्यकताहरू पूरा गर्नुहुन्छ कि हुन्न भनेर Lia ले तुरुन्तै जाँचेर तपाईंलाई सिफारिस गर्ने वा नगर्ने बताउँछिन् – अरू मानिसजस्तै Lia पनि आफ्नो सम्पर्कको विश्वास खेर फाल्न चाहन्नन्।
कति शुल्क लाग्छ?
Lia को सेवा निःशुल्क छ, र उनले गराएको परिचयबाट तपाईंले नयाँ जागिर सुरु गरे मात्र शुल्क लाग्छ। यस्तो अवस्थामा शुल्क तपाईंको पहिलो महिनाको करअघिको आधारभूत तलबको २०% हुन्छ, जुन तपाईंले पहिलो महिनाको तलब पाएपछि तिर्नुपर्छ। जागिर नभए शुल्क पनि लाग्दैन।
के Lia ले मेरो तर्फबाट आवेदन दिन्छिन्?
अहँ, सयौं आवेदन दिनुको सट्टा Lia ले केही निर्णयकर्ताहरूसँग कुरा गर्छिन्। अनलाइन आवेदनले खासै काम गर्दैन, त्यसैले उनले त्यो चरण छोडेर तपाईंको चाहनाको जागिर दिलाउन सक्ने मानिसहरूसँग सिधै कुरा गर्छिन्।
Lia लाई कसरी सिकाउने?
Lia ले तपाईंका लागि अवसरहरू खोज्न दर्ताका बेला दिएको जानकारी र तपाईंको प्रतिक्रिया प्रयोग गर्छिन्। पोर्टलमा आफ्नो दर्ता जानकारी र प्रतिक्रिया परिमार्जन गर्नुहोस्, त्यसपछि Lia ले सिफारिस गर्दा अद्यावधिक जानकारी प्रयोग गर्न थाल्छिन्।
Refer ले एआई कसरी प्रयोग गर्छ?
Lia एक एआई एजेन्ट हुन्। शुद्धता र गति बढाउन अनि लागत घटाउन उनले अधिकांश डेटा प्रशोधन, खोज र सिफारिसमा एआई प्रयोग गर्छिन्। यसले व्यक्तिगत करिअर एजेन्टको सेवा पाउन सजिलो र सबैका लागि सुलभ बनाउँछ – यस्तो सेवा सामान्यतया खेलाडी र चर्चित व्यक्तिहरूलाई मात्र उपलब्ध हुन्छ।
के यसमा मानिसहरू पनि संलग्न छन्?
Refer ले आफ्ना प्रक्रियाहरूमा एआई प्रयोग गरे पनि, उसको मानव टोलीले तपाईंको तर्फबाट सम्पर्क बढाउन उत्कृष्ट प्रविधि कम्पनीका निर्णयकर्ताहरूसँग सम्बन्ध बनाउन र कायम राख्न मेहनत गर्छ।
अरूको सट्टा Refer नै किन?
किन नहुने? सुरुमा सेवा निःशुल्क छ र Refer मार्फत जागिर पाए मात्र तपाईंले शुल्क तिर्नुहुन्छ, त्यसैले आफ्नो जागिर खोजाइमा Refer थप्दा कुनै घाटा छैन। Refer तपाईंको पक्षमा थप सहयोगी बनेर सक्रिय रूपमा अवसर खोज्छ, पदहरू छान्छ र तपाईंका लागि सम्पर्क बढाउँछ। Refer को विश्वास छ, तपाईं सुखद रूपमा छक्क पर्नुहुनेछ ;)
के मेरो जानकारी गोप्य रहन्छ?
हो, तपाईंको दर्ता जानकारी गोप्य राखिन्छ। परिचय गराउन सहज होस् भनेर Lia ले तपाईंको LinkedIn प्रोफाइल र बायोडाटा साझेदार कम्पनीका निर्णयकर्ताहरूसँग मात्र साझा गर्छिन्।
के कुनै प्रतिबद्धता गर्नुपर्छ?
अहँ, Refer ले Lia बाट इमेलमा आउने अवसरहरूमा हो वा होइन क्लिक गर्न मात्र भन्छ, र तपाईं जहिले पनि सदस्यता रद्द गर्न सक्नुहुन्छ।